Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

हिमालयन क्यापिटल लिमिटेडको साधारण सभा कात्तिक २८ गते , ७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने

हिमालयन क्यापिटल लिमिटेडको साधारण सभा कात्तिक २८ गते , ७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने

  • काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट ७ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि सभामार्फत पारित हुनेछ ।

    सञ्चालकको नियुक्ति र सञ्चालकहरुको भत्ता तथा अन्य सुविधाका सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij