Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

आइसीएफसी फाइनान्सको खुद नाफा ६३३.७१ प्रतिशतले बढ्यो

आइसीएफसी फाइनान्सको खुद नाफा ६३३.७१ प्रतिशतले बढ्यो

  • काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ६३३.७१ प्रतिशतले धेरै हो ।

    फाइनान्सको इम्पेयरमेन्ट चार्ज ५ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा ६३८.०७ प्रतिशत बढेको छ । सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । यसको वितरणयोग्य नाफा ६ करोड ७५ लाख पुगेको छ ।   चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७५ करोड १२ लाख रुपैयाँ जम्मा रहेको छ । 

    यसको प्रतिसेयर आम्दानी २३.२५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १८ पैसा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij