Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

आँखुखोला जलविद्युत कम्पनीको लिलामी सेयर बाँडफाँट

आँखुखोला जलविद्युत कम्पनीको लिलामी सेयर बाँडफाँट

  •  

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । 

    जसमा न्यूनतम १७१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले १ करोड २० लाख (१५० प्रतिशत) कित्ता हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij