Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

लुम्बिनी विकास बैंकले  पहिलो त्रैमासमा २० करोड १९ लाखभन्दा बढी खुद नाफा कमायो

लुम्बिनी विकास बैंकले  पहिलो त्रैमासमा २० करोड १९ लाखभन्दा बढी खुद नाफा कमायो

  • काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरणअनुसार चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा रू. २० करोड १९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १६ दशमलव ५६ प्रतिशत बढी हो ।चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १६ दशमलव २० प्रतिशत र खुद ब्याज आम्दानी ६ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । 

    गत आवमा बैंकको सञ्चालन नाफा रू। २५ करोड २६ लाख रहेकोमा चालू आवमा रू.२९ करोड ३५ लाख रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू। ४३ करोड १८ लाख रहेकोमा चालू आवमा रू। ४५ करोड ९८ लाख रहेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४९ पैसा रहेकोमा चालू आवमा २२ रुपैयाँ ९७ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij