Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

चालु आवको पहिलो तीन महिनामा आयात निर्यात दुवै घट्यो , वैदेशिक व्यापार घाटा साढे ३ खर्ब बढी

चालु आवको पहिलो तीन महिनामा आयात निर्यात दुवै घट्यो , वैदेशिक व्यापार घाटा साढे ३ खर्ब बढी

  • काठमाडौं । चालु आवको पहिलो तीन महिनामा आयात ४. १७ प्रतिशतले घटेको छ ।यसैगरी निर्यात  ६.११ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवको पहिलो तीन महिनामा ३ खर्ब  ९० अर्ब  ७५ करोड २३ लाख २१ हजार बराबरको आयात भएको छ । गत आवको पहिलो तीन महिनामा आयात ४ खर्ब  ७ अर्ब ७५ करोड ८९ लाख  ७५ हजार बराबरको आयात भएको थियो । 

    यसैगरी गत आवको पहिलो तीन महिनामा ४० अर्ब  ८७ करोड ४८ लाख ९१ हजार बराबरको निर्यात भएकोमा चालु आवमा ६.११ प्रतिशतको गिरावट भइ ३८ अर्ब ३७ करोड  ८७ लाख  १७ हजार बराबरको मात्र भएको विभागले जनाएको छ ।विभागको प्रतिवेदन अनुसार व्यापार घाटा ३ खर्ब  ५२ अर्ब ३७ करोड ३६ लाख  ४ हजार रहेको छ ।गत आवको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij