Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

  •  

    काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ । सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापत्को चेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज हस्तान्तरण गर्नुभएको हो ।

     

    नेपाल बुद्धिजीवी सङ्गठनका तर्फबाट सङ्कलित रकम बुझ्दै उहाँले राष्ट्र र राष्ट्रियताको संवद्र्धनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पाँच विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको जनाउँदै सो ज्ञापनपत्रमार्फत राष्ट्र र राष्ट्रियताको संवद्र्धनबारे जानकारी गराइएको बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij