Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा २९.१६ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा २९.१६ प्रतिशतले बढ्यो

  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा २९.१६% ले धेरै हो ।

    बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार भएको हो ।  असोजसम्ममा सांग्रिलाको खुद ब्याज आम्दानी २७।६१५ र सञ्चालन नाफा २७.५९% ले बढेको छ । 

    यसको इम्पेयरमेन्ट चार्ज भने १७ करोडबाट बढेर ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि बढेर ४.६% कायम भएको छ ।
    बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३२ पैसाले बढेर ७ रुपैयाँ ०२ पैसा कायम भएको छ । सांग्रिलाको प्रतिसेयर नेटवर्थ १४६.९४ रुपैयाँ कायम भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij