Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सिन्धु विकास बैंकको खुद नाफा १०९५.३३  प्रतिशतले बढ्यो

सिन्धु विकास बैंकको खुद नाफा १०९५.३३  प्रतिशतले बढ्यो

  • काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा १०९५.३३% ले धेरै हो ।बैंकको सञ्चालन नाफा पनि ३९८.२०% ले बढेर ३ करोड २९ लाख रुपैयाँ कायम भएको छ । यसको खुद ब्याज आम्दानी भने ५३.६४% ले घटेको छ । हाल बैंकको चक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ४१ लाख रुपैयाँ जम्मा रहेको छ । 

    यसको वितरणयोग्य नाफा ३७ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ह्वात्तै बढेको छ । यसको प्रतिसेयर आम्दानी ३५ पैसाबाट बढेर आम्दानी १६.५५ रुपैयाँ कायम भएको छ ।

     

     


     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij