Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

इजरायल जान गोला प्रथाबाट छनौट भएका वैदेशिक रोजगारमा जाने नेपाली  श्रमिक नपठाइने

इजरायल जान गोला प्रथाबाट छनौट भएका वैदेशिक रोजगारमा जाने नेपाली  श्रमिक नपठाइने

  • काठमाडौँ  । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने निर्णय गरेको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएकाले सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने निर्णय गरेको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट भएको थियो ।वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले यस सम्बन्ध जानकारी सार्वजनिक गरे अनुसार इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थालिने छ ।

    नेपाली समस्यामा नपरोस भनी यस्तो निर्णय गरिएको छ । परिस्थिति सहज भए पठाइनेछ ।इजरायल पछिल्लो एक वर्षयता प्यालेस्टाइनको हमाससँगको युद्ध लडिरहेको छ । पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कंदो मात्र छैन लेबनान पनि इजरायलसँगको युद्धमा फसेको छ ।निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् ।  सरकारले  रोजगारीका लागि थप नेपालीलाई त्यहाँ पठाउने तयारी गरेपछि त्यसको आलोचना भएकोले यसबारे पुनर्विचार गरी नपठाउने निर्णय गरिएको छ ।

    केयर गिभरको काम गर्न इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १५६ महिला र पुरुष ९५६ छन् । छनोट भएका श्रमिकलाई पठाउन स्वास्थ्य परीक्षणपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनुपर्नेछ ।गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको थियो । बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । यो घटनापछि सरकारले विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फर्काएको थियो ।हाल इजरायलमा करिब ४५ सय नेपाली रहेको अनुमान छ । त्यहाँ लेबनान र इरानले गरेको आक्रमणका कारण नेपालीहरु त्रासमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij