काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री मंगलबार ४ बजेसम्मका लागि खुला गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गरी यस्तो जनाएको हो ।२.५ ग्रामको सुनको असर्फी तथा चाँदीका स्मारिका सिक्का तथा मेडालियन बिक्री खुला भएको जनाउँदै राष्ट्र बैंकले पहिला आउनेले पहिले पाउने विधि अपनाएर बिक्री गरिने जनाएको छ ।
सुनको २.५ ग्रामको असर्फी मंगलबार कार्तिक १३ गते १ बजेसम्मका लागि मात्र खुला गरेको छ । मौज्दात रहेमा मंगलबार ४ बजेसम्म बिक्री गरिने सूचनामा छ । चाँदीको गाई अंकित २५ ग्रामको, गाई अंकित , लक्ष्मी अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित १० ÷१० ग्रामका सिक्का प्रति व्यक्ति बढी पाँचवटा सम्म बिक्री गरिने जनाइएको छ ।
असर्फी र चाँदी सिक्का तथा मेडालियन खरिद गर्न अनिवार्यरूपमा सकल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपी लिएर आफै उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर कोडबाट गर्न सकिने छ । साथै दैनिक मूल्यका आधारमा बिक्री हुने भएकाले हरेक दिन ११ बजेपछि मात्र बिक्री खुला हुने सूचनामा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij