Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

२ कम्पनीको बोनस र हकप्रद सेयरमा मूल्य नेप्सेमा समायोजन

२ कम्पनीको बोनस र हकप्रद सेयरमा मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को सेयर भाउ समायोजन भएको छ । स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ७५ रुपैयाँ आधार भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको मूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।
    लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल)को ८८.४५ प्रतिशर हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य १ हजार १०१.८५ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार भाउ १ हजार ९८८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij