Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

हिमालयन लघुवित्तले पहिलो त्रैमासमा १ करोड ३४ लाखभन्दा बढी खुद नाफा कमायो

हिमालयन लघुवित्तले पहिलो त्रैमासमा १ करोड ३४ लाखभन्दा बढी खुद नाफा कमायो

  • काठमाडौं  ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
    खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.७७ प्रतिशत र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षँ अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij