Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

माई खोला हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते

माई खोला हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते

  • काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । कात्तिक ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा स्मार्ट दरबार शखपार्क काठमाडौमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।

    सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले यही कात्तिक २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा कात्तिक २८ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij