Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बझाङमा जीप दुर्घटना, चारजना घाइते

बझाङमा जीप दुर्घटना, चारजना घाइते

  •  

    चैनपुर । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

     

    तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

     

    घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij