Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

आजको मौसम : कोशी र गण्डकीका केही पहाडी भेगमा वर्षाको सम्भावना

आजको मौसम : कोशी र गण्डकीका केही पहाडी भेगमा वर्षाको सम्भावना

  • काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पुर्वानुमान गरेको छ ।

    देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    त्यस्तै कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मंगलबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij