Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा

  • काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८%  बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार  बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन । 

    बैठकले वार्षिक साधारण सभा र बुक क्लोज मिति पनि तय गरेको छ । साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सकिने कम्पनीले जानकारी गराएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij