Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य नेप्सेमा समायोजन

लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । समायोजन पश्चात यसको भाउ २१७.३३ रुपैयाँ कायम भएको छ । 

    बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ५१३.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । यिनीहरुको समायोजित भाउलाई आधार मानेर कारोबार खुला हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij