Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

आज सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  • काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २५ गते आइतबार अन्तिम दिन हो । लाभांश तथा साधारण सभा प्रयोजका लागि यस कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

    यस कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले मंसिर १४ गते साधारण सभा बोलाएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij