Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

डिप्रोक्स लघुवित्तको ५२ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्री खुला

डिप्रोक्स लघुवित्तको ५२ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्री खुला

  •  


    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकोले संस्थापक सेयरधनीहरुको जानकारीको लागि कम्पनीले सूचना प्रकाशित गरेको छ । 

    कुनै संस्थापक सेयरधनीलाई संस्थापक सेयर खरिद गरी लिन ईच्छा भएमा सूचना प्रकाशित भएको आजदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौमा के कति कित्ता संस्थापक सेयर कति मूल्यमा खरिद गरी लिने हो सोको व्यहोरा खुलाई आवेदन दिन अनुरोध गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij