Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

कोशी प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा पक्राउ

कोशी प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा पक्राउ

  • काठमाडौँ । प्रहरीले मानव तस्करको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले  आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जनाएको हो ।

    प्रहरीले उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याउन लागेको जनाएको छ । नकली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।

    उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij