Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित एक पक्राउ

तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित एक पक्राउ

  •  

    काठमाडौँ । तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “आज काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैया लाललाई सुन जस्तो देखिने पहँेलो धातुसहित पक्राउ गरिएको हो ।”

     

    निज कनैया लालले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त धातु ११ टुक्रा ल्याएका थिए । घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij