Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

युनिक नेपाल लघुवित्तको खुद नाफा ७४.८७ प्रतिशतले घट्यो

युनिक नेपाल लघुवित्तको खुद नाफा ७४.८७ प्रतिशतले घट्यो

  • काठमाडौं ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म  ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
    यस संस्थाको खुद ब्याज आम्दानी २६.१७ प्रतिशतले घटेर ६ करोड १६ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८ करोड ३४ लाख रुपैयाँ थियो । यस लघुवित्तको इम्पेयरमेन्ट चार्ज ३९.८३ प्रतिशतले बढेर २ करोड ८८ लाख पुगेको छ । ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको हो ।  

    चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा १७ करोड ४४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने ६३.९९ रुपैयाँले घटेर २१.४८ रुपैयाँ कायम  भएको छ ।

     


     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij