Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

न्यादी हाइड्रोपावरको खुद नोक्सानी २ करोड ६१ लाखभन्दा बढीले घट्यो

न्यादी हाइड्रोपावरको खुद नोक्सानी २ करोड ६१ लाखभन्दा बढीले घट्यो

  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म न्यादी हाइड्रोपावर लिमिटेड ७५ लाख ७५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । कम्पनीले गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्षको सोही अवधिमा खुद नोक्सानी २ करोड ६१ लाख ५९ हजार रुपैयाँले घटाएको हो । 

    यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नोक्सानीमा कमी आएको हो । गत वर्ष १३ करोड ८ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २१ करोड १९ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । 

    वित्तीय खर्च भने गत वर्ष ९ करोड ४८ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १४ करोड २४ लाख रुपैयाँभन्दा बढी भएको छ । 

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij