Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

दार्चुला जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु , घाइते नेपाल सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो

दार्चुला जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु , घाइते नेपाल सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो

  • धनगढी । नेपाली सेनाको हेलिकप्टर मार्फत् दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो । घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

    नेपाली सेनाको हेलिकोप्टर शुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो । तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएपछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो । त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पु¥याइएयो ।हेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्यायो ।

    शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

    दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए । यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij