Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

एनपीएलमा जनकपुर बोल्ट्सको टाइटल्स स्पोन्सर सम्झौता डीएनए इन्टरनेशनल नेपालसँग सम्पन्न

एनपीएलमा जनकपुर बोल्ट्सको टाइटल्स स्पोन्सर सम्झौता डीएनए इन्टरनेशनल नेपालसँग सम्पन्न

  • काठमाडौँ । ड्रिम स्पोटर्सको स्वामित्व रहेको जनकपुर बोल्ट्सले टाइटल्स स्पोन्सरसँग समझौता गरेको छ ।शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जनकपुर बोल्ट्सका लागि यो सम्झौता डीएनए इन्टरनेशनल नेपालसँग भएको हो ।

    सम्झौताबारे जानकारी गराउँदै जारी विज्ञप्तिमा भनिएको छ‘ जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसंँग प्रायोजन सम्झौता गरेको छ। रन्जना ट्रेड सेन्टर आधिकारिक बिक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो। डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ ।’

    निर्देशक जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले  ’टाइटल्स स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई स्वागत गरेको बताए । नेपाल प्रिमियर लिगका लागि जनकपुरको राम्रो तयारी भइरहेको बताउँदै निर्देशक श्रेष्ठले  डीएनए इन्टरनेश्नल नेपालको साथले हामीलाई व्यवायिक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुगेको बताए ।  एनपिएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डीएनए इन्टरनेश्नल नेपालले पनि उचाई छुने श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

    janakpur bolts1.jpeg

    यस्तै  डीएनए इन्टरनेश्नल नेपालका म्यानेजिङ डाइरेक्टर अनुप घिमिरेले  ’जनकपुर बोल्ट्समा आवद्ध हुने मौका पाएकोमा आफूलाई भाग्यमानी ठानेका छन् । कम्पनीले नेपालमा व्यवसाय गर्दै आएको बताउँदै घिमिरेले पछिल्ला केही वर्षमा यसले ठुलो इभेन्टसंग पनि आवद्ध हुदै आएको जनाए । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथमा हामीले ठुलो प्लेटफर्म पाएको उनले जनाए ।

    आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर वोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्सका अन्य विदेशी लाहिरु मिलान्था लगायतका खेलाडी छन् । मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । शनिबार देखि सुरु हुने नेपाली क्रिकेटको सबैभन्दा ठूलो इभेन्टलाई लिएर क्रिकेट समुदाय सबैतिर उत्साह निकै बढिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij