Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आइतबार सुनको मूल्य प्रतितोला ४ सय घट्यो

आइतबार सुनको मूल्य प्रतितोला ४ सय घट्यो

  • काठमाडौँ । आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार सुन तोलामा ४०० रुपैयाँ घटेको हो।सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।


    शुक्रवार सुन तोलामा १ हजार ६०० रुपैयाँ बढेर प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।यसैगरी चाँदीको मूल्य तोलामा आज ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८४० रुपैयाँमा कायम छ। शुक्रवार चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८४५ रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २६४९.८७ डलर र चाँदी प्रतिऔंस ३०.६२ डलर छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij