Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

अतिथि सत्कार सेवा उद्योगको क्षमता एकैसमय २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता बराबर

अतिथि सत्कार सेवा उद्योगको क्षमता एकैसमय २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता बराबर

  • काठमाडौं । आतिथ्य सत्कार सेवा उद्योगले एकसाथ लाखभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता बराबर भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार नेपालमा हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता बराबर भएको हो ।

    यो क्षेत्रको  स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो सर्वेक्षणमा १० भन्दा बढी जनशक्ति काम गर्ने प्रतिष्ठानको पूर्णगणना गरिएको जनाइएको छ । 

    स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा २ खर्ब ४१ अर्ब २९ करोड ९६ लाख ५ हजार बराबर रहेको छ भने  दोस्रो ठुलो सम्पत्ति गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड बराबर रहेको छ  ।  यसैगरी  कोशी  ८५ अर्ब ६९ करोड, लुम्बिनी ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम २२ अर्ब ९९ करोड, मधेश २२ अर्ब २३ करोड र कर्णाली प्रदेशमा ११ अर्ब १ करोड बराबर छ ।

    मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोशी प्रदेशमा २५ हजार ८ सय ८७, मधेश ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।

    हाल होटलहरूमा कोठा संख्या १ लाख १६ हजार १ सय पुगेकोमा  तीमध्ये तारे होटलमा ८ हजार ४ सय ९६, ताराविहीन होटलमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८ सय २९ र होमस्टेमा ३ हजार ७ सय कोठा  रहेका छन् ।

    सर्वेक्षण अनुसार ३ लाख ८७ हजार ७ सय ४७ जनाले होटल तथा रेस्टुरेन्ट उद्योगमा संलग्न छन् । तीमध्ये नियमित तलब वा ज्याल पाउने कामदार संख्या १ लाख ६ हजार ४ सय ५९ छ ।

    तीमध्ये कोशी प्रदेशमा ६२ हजार ५३, मधेश २८ हजार ६ सय ७०, बागमती १ लाख ६२ हजार ५ सय ८६, गण्डकी ४७ हजार ६ सय १५, लुम्बिनी ५१ हजार २ सय ७८, कर्णालीमा १५ हजार ६ सय ९३ र सुदूपश्चिम प्रदेशमा १९ हजार ८ सय ४३ छन् ।

    त्यसैगरी  होटल तथा रेस्टुरेन्ट क्षेत्रले कामदारलाई तलब तथा ज्यालामा २० अर्ब ६१ करोड ५० लाख ७६ हजार रुपैयाँ सर्वेक्षण अवधिमा भुक्तानी जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij