Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

सीबीफीनको अध्यक्षमा  उपेन्द्र पौडेलको निरन्तरता दिँदै नयाँ कार्यसमिति गठन

सीबीफीनको अध्यक्षमा  उपेन्द्र पौडेलको निरन्तरता दिँदै नयाँ कार्यसमिति गठन

  • काठमाडौँ । उपेन्द्र पौडेलको अध्यक्षतामा  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को  १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।सीबीफीनको पाँचौं वार्षिक साधारण सभाले नबिल बैंकका अध्यक्ष पौडेलको अध्यक्षतालाई निरन्तरता दिँदै  नयाँ कार्यसमिति चयन गरेको हो। 

    सीबीफीनको विधानमा कार्यसमितिमा वाणिज्य बैंकका तर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्य, विकास बैंकका तर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्य तथा फाइनान्स कम्पनीका तर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्य चयन गर्ने प्रावधान रहेको छ।

    सीबीफीनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सचिवमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र सहकोषाध्यक्षमा गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी निर्वाचित भएका छन्।

    कार्यसमिति सदस्यहरुमा प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका संचालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका संचालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जन निर्वाचित भएको सीबीफीनले सोमबार  जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साधारण सभा उद्घाटन गरेका थिए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा साना, घरेलु तथा मझौला उद्यम विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक गतिविधि विस्तारमा बैंक तथा वित्तीय संस्थाको भूमिका विषमा बोलेका थिए ।

    सीबीफीनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र विस्तारमा बैंकिङ क्षेत्रको ठूलो योगदान रहेको बताउँदै  महत्वपूर्ण योगदान भएपनि बैंकिङ क्षेत्रलाई कहीँकतैबाट प्रोत्साहन र हौसला नमिलेको गुनासो गरे।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij