Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्ने’

‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्ने’

  • काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धि’ विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सडक संरचना अपाङ्गमैत्री बनाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छौँ । सडक एवं सवारी दुर्घटनामार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौँ ।” सडक तथा सवारी दुर्घटना अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको मन्त्री दाहालले उल्लेख गर्नुभयो ।

    सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिन यातायात व्यवसायी एवं मजदुरलाई आग्रह गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सबै सवारीसाधनमा अपाङ्गतामैत्री व्यवहारका लागि मजदुर एवं व्यवसायीलाई अभिमुखीकरण गर्ने गरिएको बताउनुभयो । नयाँ सवारीसाधन आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारीसाधन भित्र्याउन सकिने उहाँले बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित, आयोजक संस्थाका पूर्वअध्यक्ष किरण शिल्पकार, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतले सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धिका लागि अपाङ्गमैत्री संरचनाको खाँचो रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij