Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपालबाट उच्च तौलका मालवाहक कार्गो बंगलादेश जान दिन भारत सहमत

नेपालबाट उच्च तौलका मालवाहक कार्गो बंगलादेश जान दिन भारत सहमत

  • काठमाडौँ । भारतले नेपालबाट बंगलादेश जाने उच्च तौलका मालवाहक (कार्गो) गाडीहरुको क्षमता स्वीकृत गरेको छ । यससँगै उच्च तौल भएका नेपाली कार्गो गाडीहरु काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध सडकमा संचालन हुन सक्ने भएका छन्।

    डेली स्टारले भारतले आइतबार फूलबारी ट्रान्जिट हुँदै उच्च पारवाहन क्षमताका गाडी चलाउन स्वीकृति दिएको एक समाचारमा जनाएको हो।यही महिना नेपालमा भएको नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले सो रुटमा कार्गो गाडीको संचालनका लागि सहजीकरणको अनुरोध गरेको थियो। सो अनुरोध पश्चातको छलफलमा दुवै पक्षबीच सहमति भएको थियो।

    भारतको सडक यातायात नियम अनुसार दुई एक्सल गाडीका लागि १८.५ टन र ३ एक्सल गाडीका लागि २८ टन निर्धारण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij