Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

साना मझौला कम्पनीको आईपीओका लागि न्यूनतम पाँच सय कित्ताका लागि आवेदन दिनपर्ने प्रावधान ल्याइयो

साना मझौला कम्पनीको आईपीओका लागि न्यूनतम पाँच सय कित्ताका लागि आवेदन दिनपर्ने प्रावधान ल्याइयो

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ कार्यान्वयनमा ल्याएको छ । बोर्डले बिहीबार नियमावली लागु भएको जनाएको हो । यो नियमावलीसँगै अब साना तथा मझौला संगठित संस्था (एसएमइज) ‘प्लेटफर्म’ मा प्रवेश गर्ने भएका हुन् ।

    बोर्डका अनुसार लगानीकर्ताले एसएमइजको आईपीओमा अब कम्तीमा पाँच सय कित्ताका लागि आवेदन गर्नुपर्ने भएको छ । सेबोनले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख गरेको थियो ।

    एसएमईजले जारी पूँजीको ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्ने नियमावलीमा व्यवस्था गरेको छ । आईपीओ जारी गर्नुअघि १५ प्रतिशत संस्थागत लगानीकर्ता र ५ प्रतिशत मर्चेन्ट बैंकरले खरिद गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा प्रावधान राखिएको छ । दुवैले खरिद गरेको शेयरको ‘लकइन पिरियड’ तीन वर्ष राखिएको छ ।सेबोनले चैत २०७९ मा मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाएको थियो । तर, ९ पुस २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले यो नियमावली स्वीकृत गरेको हो ।

    नियमावलीमा रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्ने उल्लेख गरिएको छ। रेटिङ नगरी पनि शेयर निष्काशन गर्न सक्नेछ ।यो नियमावलीलाई आवश्यक कारबाही गर्न सेबोनले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij