Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Jun 16 2025 | २०८२, असार २गते

    खानेपानी संस्थाहरूद्वारा करमुक्त गर्न माग

    खानेपानी संस्थाहरूद्वारा करमुक्त गर्न माग

    • नयाँ सडक
    • बुधबार, माघ ९ २०८१
  • 570
    Shares
  • 570
    Shares
  • खानेपानी संस्थाहरूद्वारा करमुक्त गर्न माग
    काठमाडौँ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ । महासङ्घका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले सिंहदरबारमा मन्त्री र सचिवलाई भेटेर जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेको हो । जलवायु परिवर्तन, जनसङ्ख्या वृद्घि, सहरीकरणलगायतका विविध कारणले खानेपानीको स्रोत दिनप्रतिदिन घट्दै गएकाले भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्न बेलैमा वैकल्पिक उपाय अपनाउनुपर्नेमा महासङ्घले जोड दिएको छ । स्थानीय तहबाट देखाइएको उत्साहजनक सहभागिताका कारण आज साना सहरी÷सहरी÷सहलगानी लगायतका खानेपानी आयोजना दक्षिण एसियाकै नमूना खानेपानी आयोजनामा प्रमाणित भएकाले यी खानेपानी आयोजनाको संरक्षण गर्न महासङ्घले ध्यानाकर्षण गराएको छ ।
    नेपालको संविधानमा भएको प्रत्येक नेपालीलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हकलाई सम्मान गर्दै पूर्ण कार्यान्वयन गर्न महासङ्घको माग छ । खानेपानी आयोजनाको प्राविधिक÷आर्थिक पक्ष सरकारको र व्यवस्थापकीय क्षेत्र समुदायको अर्थात उपभोक्ता संस्थाहरुको भएकाले मौलिकहकको प्रत्याभूति हुने गरी खानेपानी आयोजना निर्माण हुनुपर्नेमा जोड दिएको छ । लगानी साझेदारीका सञ्चालित आयोजनाका कारण उपभोक्ता संस्थाहरु ऋणको भारमा थिचिएको सो ऋण मिनाहा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी दिन आग्रह गरेको छ । खानेपानी प्रणाली सञ्चालन गर्दा खपत भएको विद्युत् राज्यबाट निःशुल्क व्यवस्था गर्नुपर्ने तथा खानेपानी बिमा बोर्डको अवधारणा ल्याइ प्रिमियम वापतको रकम राज्यको दायित्वमा रहनुपर्नेमा जोड दिएको छ । ---

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      नयाँसडक बुलेटिन : यस्ता छन्  असार १ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...
    • २

      लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा ६०% भन्दा बढी विनियोजन
    • ३

      पिपुल्स पावरको ५०% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य ३६१.१३ रुपैयाँ
    • ४

      बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का
    • ५

      मधेश प्रदेशको ४६ अर्ब ५८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा उच्च प्राथमिकता
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV