Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

अमेरिकी वस्तु आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने क्यानाडाको घोषणा

अमेरिकी वस्तु आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने क्यानाडाको घोषणा

  • ओटावा । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् । दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले भने, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर ९एक खर्ब ६ अर्ब अमेरिकी डलर० मूल्य बराबरका अमेरिकी वस्तुहरुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।”

    पहिलो चरणमा मंगलबार ३० अर्ब क्यानेडियन डलर मूल्य बराबरका अमेरिकी वस्तुहरुमा भन्सार महसुल लगाइने र तीन हप्तामा थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्य बराबरका उत्पादनहरुमा थप भन्सार महसुल लगाइने छ ।

    “हामी निश्चित रुपमा तनाव बढाउन खोजिरहेका छैनौँ तर हामी क्यानाडा, क्यानाडालीहरु र क्यानाडाली रोजगारीका लागि उभिनेछौँ”, ट्रुडोले भने “अझै धेरै, धेरै कुरासहित अमेरिकी बियर, वाइन र बर्बनका साथै फलफूल, तरकारी, उपभोक्ता उपकरण, काठ र प्लास्टिक जस्ता ‘दैनिक वस्तुहरु’ मा भन्सार महसुल लागू हुनेछ ।
    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।

    संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातले मंगलबारदेखि २५ प्रतिशत करको सामना गर्नेछ । यद्यपि क्यानाडाबाट आउने ऊर्जा स्रोतहरुमा १० प्रतिशत कम कर लाग्नेछ ।

    व्यापार द्वन्द्वले क्यानाडाली र अमेरिकीहरु दुवैका लागि ‘वास्तविक परिणामहरु’ ल्याउने ट्रुडोले बताए । यसमा रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने, सवारी साधन असेम्बली प्लान्टहरु सम्भावित बन्द हुने र क्यानाडाली निकेल, पोटास, युरेनियम, स्टिल र एलुमिनियमको पहुँचमा बाधा पुग्ने जस्ता समस्याहरु समावेश छन् ।

    – हामीलाई विभाजित गर्ने –

    प्रधानमन्त्री ट्रुडोले क्यानाडाले इरान बन्धक संकट र अफगानिस्तान युद्धदेखि हरिकेन क्याट्रिना र हालैका क्यालिफोर्निया डढेलो जस्ता घातक प्राकृतिक प्रकोपहरुसम्म अमेरिकाको ‘अँध्यारो समय’ मा साथ दिएको स्मरण गराए ।

    “यदि राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाका लागि नयाँ स्वर्ण युगको सुरुआत गर्न चाहनुहुन्छ भने क्यानाडासँग साझेदारी गर्नु राम्रो बाटो हो, हामीलाई सजाय दिनु होइन । दुर्भाग्यवश आज ह्वाइट हाउसले लिएका कदमहरुले हामीलाई एकजुट गर्नुको साटो विभाजित गरेका छन् ।”

    यसअघि ट्रुडोले प्रान्तीय प्रिमियरहरुसँग परामर्श गरेका थिए । उनीहरुले प्रत्येकले पछि स्थानीय पसलहरुबाट अमेरिकी मदिरा हटाउने र आफ्ना व्यापारिक सम्बन्धलाई तुरुन्तै विविधीकरण गर्न खोज्ने जस्ता अतिरिक्त कदमहरु चाल्ने बताएका छन् ।

    अल्बर्टाकी प्रिमियर डेनिएल स्मिथले अमेरिकी भन्सार महसुललाई ‘पारस्परिक विनाशकारी नीति’ भन्दै यसले ‘हाम्रा दुई राष्ट्रबीचको महत्त्वपूर्ण सम्बन्ध र गठबन्धनमा तनाव’ ल्याउने बताए ।

    ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अझ अगाडि बढेर अमेरिकी भन्सार महसुललाई ‘हाम्रा देशहरुबीचको ऐतिहासिक बन्धनको पूर्ण विश्वासघात’ भन्नुभयो । “यो एक विश्वसनीय सहयोगी र मित्रविरुद्धको आर्थिक युद्धको घोषणा हो”, सम्बन्धमा पर्ने क्षति दीर्घकालीन हुने चेतावनी दिँदै उनले भने, “हामी फेरि कहिल्यै ह्वाइट हाउसमा बस्ने एक व्यक्तिको लहडको अधीनमा रहने छैनौँ ।”

    यसैबीच ओटावामा ओटावा सिनेटर्स र मिनेसोटा वाइल्डबीचको एनएचएल हकी खेलमा क्षमताभन्दा बढी दर्शकहरुले खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रिय गान गाउँदा विरोध जनाएका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij