Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

फेब्रुअरी १० देखि लागु हुने गरी चीनले पनि अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा

फेब्रुअरी १० देखि लागु हुने गरी चीनले पनि अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा

  • बेइजिङ ।  चीनले फेब्रुअरी १० देखि केही अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा गरेको छ ।राज्य परिषद्को भन्सार कर आयोगले मंगलबार अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा गरेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको हो ।

    आयोगको एक विज्ञप्ति अनुसार संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यासमा थप १५ प्रतिशत कर लगाइनेछ।कच्चा तेल, कृषि मेसिनरी, ठूलो विस्थापन भएका अटोमोबाइलहरू, र पिकअप ट्रकहरूमा १० प्रतिशतको अतिरिक्त कर लगाइनेछ, विज्ञप्तिमा भनिएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन लगायत विभिन्न देशका उत्पादनमा अतिरक्ति भन्सार महशुल लगाउने घोषणा गरेका छन् । चीन विरुद्ध लगाइएको अतिरिक्त भन्सार लगाउने घोषणा मंगलबारदेखि लागु भएको बेला चीनले पनि अमेरिकी उत्पादन विरुद्ध यस्तो घोषणा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij