Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

  • काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२ करोड ५० लाख रकम बराबरको कूल २२ करोड ५० लाख  कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१०० का दरले सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको छ ।
    उक्त कम्पनीले  शेयर निष्काशनका लागि २०८१ साल  फाल्गुन ४ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न  एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको जनाएको छ ।

    न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८०साल चैत १ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । 
    उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक  सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij