Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सरकारलाई शेयर बजारबाट यो वर्ष चार गुना अम्दानी

सरकारलाई शेयर बजारबाट यो वर्ष चार गुना अम्दानी

  • काठमाडौँ । सरकारलाई  शेयर बजारबाट चालु आर्थिक वर्ष ७ महिनामा १० अर्ब ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी  भएको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार गुणा बढी  हो।शेयर बजारबाट सरकारले  गत वर्ष ७ महिनामा २ अर्ब ८६ करोड ५६ लााख रुपैयाँ आम्दानी गरेको थियो। यो आर्थिक वर्षको सुरुमै बजार उकालो लागेकाले पुँजीगत लाभकर वृद्धि भएको हो।

    गत माघको तुलनामा यस वर्ष सोही अवधिमा पुँजीगत लाभकर ८.०४ प्रतिशतले बढेको छ। यस वर्ष माघमा शेयर बजारबाट सरकारले १ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष माघमा ९७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।सरकारले यस वर्ष साउनमा ४ अर्ब २३ करोड, भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड र पुसमा ५८ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij