Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

तराई मधेश काठमाडौँ द्रुतमार्गको काम विस्तार गरिएको समयभित्रै सक्ने सेनाको प्रतिबद्धता

तराई मधेश काठमाडौँ द्रुतमार्गको काम विस्तार गरिएको समयभित्रै सक्ने सेनाको प्रतिबद्धता

  • काठमाडौँ । नेपाली सेनाले तराई मधेश–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको बताएको छ ।सेना दिवसको पूर्वसन्ध्यामा सेनाले  पत्रकार सम्मेलन गरेर द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका काम अगाडि बढाइरहेको जनाएको हो ।

    सेनाको युद्धकार्य विभागका निर्देशक सहायक रथी रवीन्द्र खत्रीले जनाए अनुसार हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८.२६ प्रतिशत भएको छ ।२१ वैशाख २०७४ मा फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा सेनाले 
     पाएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

    फास्ट ट्र्याक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले आयोजनाको सुरुवातमा  जटिल कामहरु भइरहेकाले प्रतिशतमा बढी नदेखिएको बताउँदै पछि प्रतिशत ह्वातै बढ्ने बताए ।उनका अनुसार २०७४ वैशाखमा सेनालाई यो आयोजना हस्तान्तरण भएपनि खास काम अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरेर २०७८ देखि मात्र सुरु भएकोले यसमा ढिलाइ हुन पुगेको छ ।

    आयोजनालाई चाँडै  गतिदिएर प्रगति प्राप्त गर्न सेनाले दिनरात लगाएर प्रयास गरिरहेको उनले बताए ।प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौंँ तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । काठमाडौँ निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij