Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

एक महिना भित्र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार

एक महिना भित्र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार

  • काठमाडौँ ।  आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ५० करोडको वैदेशिक रोजगार बचतपत्र सरकारलेबिक्री गर्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री सम्बन्धमा  सूचना बुधबार निकालेको छ। बचतपत्र खरिद गर्न चाहनेले फागुन १५ गतेदेखि चैत १५ गतेभित्र आवेदन गर्न सक्ने गरी सूचनामा जनाइएको छ।

    ब्याजदर साढे ८ प्रतिशत कायम गरिएको उक्त बचतपत्र खरिदकर्ताले न्यूनतम दश हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ दश हजारले भाग गर्दा निःशेष भाग जाने रकमको आवेदन दिन पाउने भएका छन्।वैदेशिक रोजगारीमा संग्लन वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको नाममा बचतपत्र खरिद गर्न सक्नेछन्।

    वैदेशिक बचतपत्र २०८६ नाम दिइएको  ५ वर्षमा परिपक्व हुने यो ऋणपत्र धितो राखेर ऋण लिन सकिने छ  भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij