Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

दोस्रो त्रैमासिकमा राष्ट्र बैंकको मौद्रिक नीति मुद्रा प्रदाय र कर्जा प्रवाहमा चुक्यो

दोस्रो त्रैमासिकमा राष्ट्र बैंकको मौद्रिक नीति मुद्रा प्रदाय र कर्जा प्रवाहमा चुक्यो

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले दोस्रो त्रैमासिकमा मुद्रा प्रदाय र कर्जा प्रवाहको लक्ष्य पाउन चुकेको छ ।नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्ष २०८१÷८२को बजेटको पहिलो समीक्षाबाट लिइएको लक्ष्य पूरा नभएको हो ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो अर्धवार्षिक मौद्रिक समीक्षमा यस्तो जनाइएको छ ।

    राष्ट्र बैंकले भनेको छ ‘ आर्थिक वर्ष २०८१÷८२मा विस्तृत मुद्रा प्रदाय १२.० प्रतिशतसम्म र बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह १२.५ प्रतिशतसम्मले वृद्धि हुने गरिएको थियो’तर २०८१को पुस मसान्तसम्म वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्रा प्रदाय १०.२ प्रतिशतले  र बैंक तथा वित्तीय संस्थाबाट  निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले दोस्रो त्रैमासिक मौद्रिक समीक्षामा जनाएको छ ।

    राष्ट्र बैंकको मौद्रिक नीतिको सफलता भनेको विदेशी विनिमय सञ्चिति कायम गर्नुमा रहेको देखिएको छ ।  राष्ट्र बैंकले यो सफलतालाई मौद्रिक नीति मार्फत् यसरी भनेको छ ‘कम्तीमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१को पुस मसान्तसम्म कायम विदेशी विनिमय सञ्चिति करिब १४.४महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।’ राष्ट्रर्बैकले यो सफलता दुई गुनाले पाएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij