Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

दोस्रो मौद्रिक समीक्षासँगै के भयो बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशनमा संशोधन ?

दोस्रो मौद्रिक समीक्षासँगै के भयो बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशनमा संशोधन ?

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०८१मा संशोधन परिमार्जन गरेको छ ।राष्ट्र र्बैकले इजाजतपत्रप्राप्त क  ,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा संशोधन गरेको जनाएको हो ।केन्द्रीय बैंकले संशोधन परिमार्जन गरिए अनुसार गर्न गराउन भनेको छ ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको  जनाएको छ। 

    फागुन १३ संशोधन परिमाजर्न सार्वजनिक हुन अघि गरिएको व्यवस्था ‘ बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद बिक्री गर्न सक्नेछन्। सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन । ’

    संशोधित व्यवस्थामा उक्त व्यवस्थामा थपेर संशोधन परिमाजन गरिएको राष्ट्र बैंकले जनाएको छ । थपिएको संशोधन यस प्रकार रहेको छ ‘ यसरी रिपरचेज एग्रिमेन्ट अनुसार कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ। उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाने मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij