Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न  , बोर्डसँग माग्यो अनुमति

सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न  , बोर्डसँग माग्यो अनुमति

  •  

    काठमाडौं ।  सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यसका लागि बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने योजना बनाएको छ।

    यी २५ लाख इकाई मध्ये १० लाख इकाई सर्वसाधारणलाई जारी गरिनेछ, भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई प्राइभेट प्लेसमेन्टका रूपमा बिक्री गर्नेछ।

    ऋणपत्र बिक्रीको प्रक्रिया सफल बनाउन एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। यस ऋणपत्र बिक्रीको उद्देश्य बैंकलाई पूँजी संकलनमा मद्दत पुर्याउनु र यसको वित्तीय स्थितिलाई बलियो बनाउनु हो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij