Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

शुक्रबार सुनको मूल्यमा २२००को गिरावट, तोलाका १ लाख ६८ हजार१ सय कायम

शुक्रबार सुनको मूल्यमा २२००को गिरावट, तोलाका १ लाख ६८ हजार१ सय कायम

  • काठमाडौँ । आज शुक्रबार सुनको मूल्यमा तोलाको  २२०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँकायम भएको छ।  सुनको मूल्य बिहिबार तोलाको १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपाली बजारमा प्रभाव परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकैदिन ३२.९३ डलरले घटेको छ। बिहीबार प्रति औंस २८९५.७९ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रति औंस २८६२.८६ डलरमा आइपुगेको छ।

    चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ प्रति तोला ३० रुपैयाँ घटेर १९१५ रुपैयाँमा आइपुगेको हो। अन्तर्राष्ट्रिय बजारमा चाँदीकोभाउ शुक्रबार प्रति औंस ३१.१९ डलर छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij