Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

२१ दिने भाखा राखी २५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

२१ दिने भाखा राखी २५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट २१ दिने भाखामा २५ अर्ब रुपैयाँ उठाउन लागेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत खिच्न लागेको हो।

    बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट आइतबार २५ अर्ब रुपैयाँ तान्न लागेको सूचना जारी गरेको छ ।

    बोलकबोल उपकरणमार्फत २१ दिनका साँवा र ब्याज चैत्र १० गते भुक्तानी गर्ने गरी इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरिएको छ ।  यो प्रस्ताव क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij