Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

शेयर बजारमा  साताको पहिलो दिन ७५.२४ बिन्दुको उछाल, कारोबार सवा १४ अर्ब बढी, नेप्से परिसूचक २८९०.२८ बिन्दुमा पुग्यो

शेयर बजारमा  साताको पहिलो दिन ७५.२४ बिन्दुको उछाल, कारोबार सवा १४ अर्ब बढी, नेप्से परिसूचक २८९०.२८ बिन्दुमा पुग्यो

  • काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा ७५.२४ बिन्दुको उछाल देखिएको छ । २.६७ प्रतिशतको वृद्धिका साथ नेप्से परिसूचक आइतबार २८९०.२८ बिन्दुमा पुगेको हो ।

    २ करोड ९१ लख ६६ हजार ६सय ५६कित्ता शेयरको खरिद बिक्रीबाट आइतबार कुल कारोबार १४ अर्ब २५करोड ४ लाख ७५ हजार ७ सय ३६ रुपैया ९५ पैसा बराबरको भएको नेप्सेले जनाएको छ ।

    यस अघि गत साताको अन्तिम दिन बिहीबार बजार बन्द हँदाका बखत नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको थियो । बिहीबार  ११ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij