Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

जलस्रोत विधेयक दुई साता भित्र सदनमा पेश हुने

जलस्रोत विधेयक दुई साता भित्र सदनमा पेश हुने

  • काठमाडौँ । जलस्रोत विधेयकलाई दुई साता भित्र सदनमा पेश गर्ने गरिएको छ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले यस्तो बताएका हुन् ।

    जल तथा उर्जा आयोगले बिहिबार गरेको ‘नेपालमा प्रभावकारी जल सुशासनका लागि एकीकृत नदी बेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा सभापति सिंहले विज्ञहरुसँग छलफल गरी विधेयकलाई अन्तिम रुप दिने तयारी गरिरहेको बताए।

    उनका अनुसार समितिले जलस्रोत विधेयकमाथि प्रतिवेदन बनाउने काम गरिरहेको छ। यस क्षेत्रका विज्ञसँग छलफल गरी अन्तिम रुप दिन लागिएको छ। दुई हप्ताभित्र विधेयकमाथिको प्रतिवेदन सदनमा पेस गरिनेछ ।
    जेठ ३१ गते संसद्मा दर्ता भएको विधेयक असार १५ गतेदेखि समितिमा छ। जलस्रोत क्षेत्रको समस्या समाधान गर्न यो विधेयक ल्याउन लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij