Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा प्रथम प्रभाकर शमशेर जङ्गबहादुर राणा स्मृति कार्यक्रमको आयोजना

नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा प्रथम प्रभाकर शमशेर जङ्गबहादुर राणा स्मृति कार्यक्रमको आयोजना

  • काठमाडौँ । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की)को आयोजना प्रथम प्रभाकर शमशेर जङ्गबहादुर राणाको स्मृतिमा आयोजित आख्यान कार्यक्रम सम्पन्न भएको छ ।

    nicci.jpg

    निक्कीले आयोजना गरेको प्रथम प्रभाकर शमशेर राणा स्मृति आख्यान कार्यक्रममा राणाको आर्थिक क्षेत्रमा भएको योगदानको बारेमा चर्चा गरिएको हो ।

    nicc4.jpg

    कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का कार्यकारी निर्देशक तथा भारत सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमूर्ति वेंकट सुब्रमण्यम  मुख्य वक्ताको रूपमा उपस्थिति थिए ।

    कार्यक्रममा राणाको बारेमा तयार पारिएको  लघुकथामा आधारित फिल्म  प्रदर्शन गरिएको थियो कार्यक्रममा विशिष्ट सम्बोधन गर्नेहरूमा तारा म्यानेजमेन्ट प्रालिका अध्यक्ष सिद्धार्थ शमशेर जङ्गबहादुर राणा र नेपालस्थित भारतीय दूतावासका मिसन उपप्रमुख प्रशन्न श्रीवास्तव थिए ।

    सो कार्यक्रममा  बिजनेस क्लाइमेट सर्वे फर इन्डियन कम्पनीज इन नेपाल २०२४ शीर्षकको एक पुस्तक विमोचन गरिएको थियो ।कार्यक्रमको समापन सम्बोधन निक्कीका उपाध्यक्ष  रवि रायाब्रामले गरेका थिए । कार्यक्रमको स्वागत सम्बोधन निक्कीका निवर्तमान अध्यक्ष सृजना राणाले गरेकी थिइन् ।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी भने अनुपस्थित रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij