Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

दक्ष जनशक्ति उत्पादन गर्न नाडा र एनएभिटीबीच सीप विकास तालिम सम्झौता

दक्ष जनशक्ति उत्पादन गर्न नाडा र एनएभिटीबीच सीप विकास तालिम सम्झौता

  • काठमाडौं । अटो व्यवसायीको साझा संस्था नाडा र राष्ट्रिय व्यावसायीक प्रशिक्षण प्रतिस्ठान (एनएभिटी) बीच रोजगार उन्मुख सीप विकास तालिम संचालन गर्ने विषयमा  समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    सोमबार श्रम, रोजगार तथा सामाजिक मन्त्रालयद्वारा आयोजना गरिएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र प्रशिक्षण प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    दुवै पक्षको लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमुलक छोटो अवधिको तालिमको विकास, संचालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चिता गर्ने जनाइएको छ।यसका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिलले नाडालाई आवश्यक सहयोग गर्नेछ।

    यस सम्झौताले युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्ने र अटोमोबाइल क्षेत्रको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

    नाडाले यस सम्झौताले अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई कम गर्ने, युवाहरूलाई रोजगारीका नयाँ अवसरहरू प्रदान गर्ने र अटोमोबाइल व्यवसायलाई थप व्यावसायिक बनाउन मद्दत गर्ने विश्वास लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij