Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज (चैत ३ गते)देखि ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीको प्रक्रिया सुरु गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्छन्।

    लिलामीका लागि न्यूनतम मूल्य ५३१ रुपैयाँ राखिएको छ, र यसभन्दा बढी मूल्यमा पनि आवेदन दिन सकिनेछ। आवेदन गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट प्रस्तुत गर्नुपर्नेछ।

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम उपलब्ध सबै कित्ताको लागि आवेदन दिन सक्छन्। आवेदन प्रक्रिया चैत १७ गतेसम्म जारी रहनेछ।

    आवेदनकर्ताहरुले आफ्नो बोलपत्र एनएमबि क्यापिटल, बालुवाटार, काठमाडौं वा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही–५, सुनसरीमा बुझाउनुपर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij