Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबार (चैत ३ गते) ४० अर्ब रुपैयाँ तान्ने घोषणा गरेको छ। अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत यो रकम बजारबाट संकलन गर्न लागेको हो। आजदेखि शुरु हुने यो प्रक्रिया २१ दिनको अवधिका लागि हुनेछ।

    इच्छुक बैंक र वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ।

    ब्याजदर भने बोलकबोलको प्रक्रियाबाटै निर्धारण हुनेछ। यसमा साँवा र ब्याज भुक्तानी मिति चैत २४ गते तय गरिएको छ। बैंक र वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रकमका लागि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij