Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सेबोनद्वारा  मुद्दतीमा लगानी गर्ने वाणिज्य बैंकहरूलाई प्रस्ताव पेश गर्न आह्वान

सेबोनद्वारा  मुद्दतीमा लगानी गर्ने वाणिज्य बैंकहरूलाई प्रस्ताव पेश गर्न आह्वान

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । सेबोनले मुद्दतीमा लगानी गर्न वाणिज्य बैंकहरुसँग प्रस्ताव माग गरेको हो ।

    सेबोनले आइतबार सूचना निकालेर अधिकतम् ब्याजसहित प्रस्ताव पेश गर्न वाणिज्य बैंकहरूलाई आह्वान गरेको छ । सूचना अनुसार इच्छुक वाणिज्य बैंकहरुले बुधबारसम्म १ वर्षे ब्याजदरसहित सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने छ।

    सेबोनले लगानीयोग्य रकमलाई लगानी सम्बन्धी नीति २०६७ बमोजिम मुद्दतीमा राख्न लागेको हो। तर, उच्च तरलताका कारण लागत बढ्ने सम्भावना रहेकाले  बैंकहरुले ठूलो निक्षेप लिन अस्वीकार गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij